Posts

मानव संसार (उपन्यास) सरण राई

Image
  मानव संसार   सरण राई      समर्पण वृद्धाश्रम स्थापना गर्न इच्छुक तर असमर्थ प्रिय पत्नी लक्ष्मी राईप्रति एवम् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा  जीवन बलिदान गर्ने ज्ञात, अज्ञात शहीदहरुप्रति एवम्  नयाँ नेपाल निर्माणमा प्रतिबद्ध भई क्रियाशील  सम्पूर्ण राजनैतिक–सामाजिक कार्यकर्ताहरुप्रति डा. ध्रुवचन्द्र गौतमको दृष्टिमा .....“मानव संसार” श्री सरण राईको ‘मानव संसार’ एक उद्देश्यपूर्ण उपन्यास हो । लेखकले यसमा एउटा उच्च आदर्शलाई विशाल कल्पनाको चुचुरामाथि पु¥याएर गगनचुम्बी बनाउने प्रयास गर्नुभएको छ । ‘मानव’ पात्र हो, वृद्धाश्रम हो, संस्मरण हो, उपन्यास हो अथवा मृत्युनजिक पुगेको जीवनको धमिलो आभास हो । धेरै अर्थ लाग्न सक्छन् । जीवन, मृत्यु, राष्ट्रियता, आदर्श, आकाङ्क्षा अनि विभिन्न अवस्था मिलेर बनेको छ ‘मानव संसार’ । यसमा जीवनको अवसाननजिक पुगेका पात्रहरुका बाँच्ने आधार खोज्न लेखक प्रयत्नशील देखिनु हुन्छ । त्यो बाँच्ने आधार स्वच्छ र स्वाभिमान समेतको आधार हो । परिवर्तनाको संस्मरण वा आत्मवृतान्तद्वारा बयान गरिएको यस कथामा देश, राजनीति, राजनीतिका विडम...